काठमाडौं। भारतीय लोकसभा निर्वाचनअन्तर्गत आज पाँचौँ चरणको मतदान भइरहेको छ।
आज ६ राज्य र २ केन्द्रशासित प्रदेशका गरी लोकसभाका ४९ सिटका लागि मतदान सुरु भएको हो। मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने छ।
आज उत्तर प्रदेशका १४, महाराष्ट्रका १३, पश्चिम बंगालका ७, बिहार र ओडिसाका पाँच(पाँच, झारखण्डका ३, र जम्मु कश्मिर तथा लद्दाखका एक–एक सिटका लागि मतदान हुन लागेको हो। आज ४९ सिटका लागि ६९५ उम्मेदवार चुनावी मौदानमा रहेको भारतीय निर्वाचन आयोगले जनाएको छ।
आज हुने मतदानले कांग्रेस नेता राहुल गान्धी, बीजेपी नेता तथा केन्द्रीय मन्त्री स्मृति इरानी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री पीयूष गोयल, दलित नेता रामविलास पासवानका छोरा चिराग पासवान, बिहारका पूर्वमुख्यमन्त्री लालु यादवकी छोरी रोहिनी आचार्य, जम्मुकश्मिर नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाह रहेका छन्।
अप्रिल १९ देखि सुरु भएको मतदान त्यसपछि क्रमशः अप्रिल २६, मे ७ र मे १३ मा गरी दोस्रो, तेस्रो र चौथो चरणको मतदान सम्पन्न भैसकेको छ। मतदान अन्तरगत छैठौं चरणको निर्वाचन मे २५ मा हुनेछ भने अन्तिम चरणको अर्थात् सातौं चरणको मतदान भने जुन १ मा हुनेछ। मतगणना भने जुन ४ मा हुने भारतीय निर्वाचन आयोगले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८