काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नियम, कानून र भूमिकामा बस्ने कर्मचारी र महानगरवासीको आत्मसम्मान हुने बताएका छन्।
फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाएपछि मेयर शाहले पुनः सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्ट्याट्स पोष्ट गर्दै यस्तो बताएका हुन्।
उनले ले कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारीको अपमान भएको महानगरले नसहने बताएका हुन् ।
उनले लेखेका छन्, ‘फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए। जो कोहीले यत्ति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ। अझ आफ्नो कर्तव्य निभाईरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला।’
यसअघि मेयर शाहले चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।
साथै, उनले आज बिहान मात्रै गिरीबन्धु जस्तै १०१ कम्पनीले जग्गा सट्टाभर्ना निवेदन परेको र त्यसमा ५० खर्बसम्मको खेलोफड्को हुनसक्ने भन्दै लेखेका थिए।
मेयर शाहले लेखेको स्ट्याटस जस्ताको त्यस्तै,
फोहोरको गाडी चलाउने चालकलाई स(सम्मान छोडेको खबर पाए।
जो कोहीले यत्ति बुझ्नुहोला पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाण्डौ महानगर यसमा संवेदनशील छ।
अझ आफ्नो कर्तव्य निभाईरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन।
बुझेर कदम चाल्नुहोला।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८