
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले हिजो ललितपुरको भ्रमण गर्नु भएको छ।
ललितपुरबासीहरूको विशेष निमन्त्रणामा पूर्वराजा शाह ललितपुरमा आउनु भएको थियो। उहाँ विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन ललितपुर आउनु भएको हो।

पूर्वराजा शाहले ललितपुरस्थित पाटन दरबारलगायतको भ्रमण गर्नु भएको छ। उहाँले ललितपुरको हिरन्यवर्ण महाविहार, बंगलामुखी, कुम्भेश्वर, लगायत पाटन दरबार क्षेत्रमा रहेका मन्दिरहरुको समेत भ्रमण गर्नुभयो। उहाँलाई त्यहाँ भव्य स्वागत गरिएको थियो।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८