काठमाडौँ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार थापाथलीस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको थियो।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको उजुरी परेको थियो। जिल्ला अदालतले मंगलबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। कानून व्यवसायीसँगै रहेका सिरोहियालाई प्रहरीले कार्यालयमै पक्राउ पुर्जी दिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८