काठमाडौँ। युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती मनाइँदैछ। स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रूपमा चिनिन्छन्।
उनको जन्म ओखलढुंगा बजारमा १९६९ जेठ ९ गते भएको थियो। युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए।
उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचना चर्चित छन्। यस्तै ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, र ‘आँशु’ लगायत कृति छन्।
त्रिभुवन पुरस्कार, पृथ्वी प्रज्ञा पुररस्कार, गोरखा दक्षिण बाहु, त्रिशक्तपट्ट र रत्नश्री सुवर्ण पदकलगायतबाट सम्मानित श्रेष्ठको निधन २०४९ जेठ २२ गते काठमाडौंमा भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८