काठमाडौँ। बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ।
सवारीधनीहरूलाई आफ्नो सवारी साधन एक्सचेन्ज र अपग्रेड गरी पछिल्लो समयमा नेपाल भित्रिएका बीवाईडी इलेक्ट्रिक भेइकल प्रयोग गर्नका लागि यो उपयुक्त अवसर हुने दावी गरिएको छ।
सो इभेन्ट भोलि बिहीबारदेखि प्रारम्भ भई आइतबारसम्म (मे २३ देखि मे २६ सम्म) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने छ। सो अवसरमा हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँ सम्म प्राप्त गर्नेछन्।
साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरमा बैङ्कमार्फत ८० प्रतिशतसम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्नेछ।
काठमाडौँ उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर शोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा सो इभेन्ट हुनेछ।
विहान १० बजे देखि बेलुकी ६ बजे सम्म यी स्थानमा एक्सचेन्ज क्याम्प हुनेछ। ग्राहकले आफ्नो नजिकको स्थानमा गएर बीवाईडीका नयाँ मोडलको वारेमा आवश्यक जानकारी लिनुका साथै विशेष फाइदा समेत लिन सक्नु हुनेछ।
साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, “हाम्रा ग्राहकलाई इलेक्ट्रिक सवारी साधन अझै पहुचयोग्य र क्रयशक्तियोग्य बनाउन बीवाईडी प्रतिबद्ध छ। ‘अपग्रेड टु बीवाईडी’ एक्सचेन्ज क्याम्प त्यही दिशातर्फ निर्देशित छ, जसले हरित यातायाततर्फ डोर्याउनका लागि महत्वपूर्ण फाइनान्सियल इन्सेन्टिभ्स र फ्लेक्जिवल फाइनान्सिङ अप्सन उपलब्ध गराउने छ।”
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८