काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ९६ पैसा र बिक्री दर १३३ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ २ पैसा र बिक्री दर १४४ रूपैयाँ ६७ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७ पैसा र बिक्री दर १६९ रूपैयाँ ८३ पैसा रहेको छ। त्यसैगरी, अष्टेलिएन डलर एकको खरिद दर ८८ रूपैयाँ ५४ पैसा र बिक्री दर ८८ रूपैयाँ ९४ पैसा रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ४५ पैसा र बिक्री दर ३५ रूपैयाँ ६१ पैसा रहेको छ।
साथै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ। युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८