काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताएका छन्।
२५६८औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास लिएको बताए।
गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वभरिका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत राष्ट्रपति पौडेलले गरेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८