काठमाडौँ। सुनको भाउ प्रतितोला १८ सय रूपैयाँले घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १८ सय रूपैयाँले घटेर १ लाख ३८ हजार ७०० रूपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५० रूपैयाँ कायम भएको छ।
यसअघि, बुधबार छापावाल सुन १ लाख ४० हजार ५०० रूपैयाँ कायम रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३९ हजार ८०० रूपैयाँ कायम भएको थियो।
यता, बिहीबार चाँदीको भाउ भने प्रतितोला ३५ रूपैयाँले घटेको छ। बुधबार १९ सय रूपैयाँ रहेको चाँदीको भाउ आज (बिहीबार) प्रतितोला १८ सय ६५ रूपैयाँ कायम भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८