काठमाडौँ। सन नेपाल लाइफ इन्सुरेन्सको ७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सभा हिजो (बुधवार) काठमाडौँको कालिकास्थानस्थित अमृतभोग केटरर्समा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको छ।
सभाले कम्पनीको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित गरेको छ। उनी सर्वसाधारण समूहबाट सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालकमा निर्वाचित भएकी हुन्। त्यस्तै, नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८