काठमाडौँ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि जेठ ११ गते फेरि एकैपटक ३५ अर्ब रूपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। राष्ट्र बैंकले जेठ महिनामा यो पाँचौँपटक बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो।
निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको अवस्था छ। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल नै रहेको छ।
अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।
केन्द्रीय बैंकले भोलि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रूपैयाँ खिच्ने लागेको हो। यसका लागि भोलि मध्याह्न १२ बजे बोलकबोल हुने जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको जेठ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले जेठ ७ गते १० अर्ब रूपैयाँ, जेठ ४ गते ३५ अर्ब रूपैयाँ, जेठ ३ गते ५० अर्ब रूपैयाँ र जेठ १ गते १० अर्ब रूपैयाँ खिचेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८