काठमाडौ । नेपालमा कोभिड– १९ को नयाँ भेरियन्ट पुष्टि भएको छ। हाल विभिन्न देशहरूमा देखिइरहेको ‘केपी-१’ र ‘केपी-२’ नामक दुईवटा नयाँ भेरियन्ट नेपालमा पनि देखिएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला का अनुसार हाल देखिएका यी भेरियन्टहरू ओमिक्रोनका नयाँ सबभेरियन्ट हुन। प्रयोगशालाका अनुसार गएको दुई महिनायता देशभर कोरोना संक्रमण देखिएका ४० नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट ‘केपी।१’ र १७ जनामा ‘केपी।२’ पुष्टि भएको हो।
भारत, चीन, थाइल्यान्ड, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतमा समेत पछिल्लो समय फैलिइरहेको यो भेरियन्ट निकै संक्रामक मानिएको छ। यी भेरियन्टहरूले गत डिसेम्बरमा सिंगापुरको कोभिड संक्रमणको लहर नै ल्याएको थियो।
भारतमा गत जनवरीमा मात्रै पुष्टि भए तापनि संक्रमण बढी नदेखिएको बताइएको थियो। तर, अमेरिकामा भने गत मेमा कुल संक्रमणको २८ प्रतिशतमा केपी १ र केपी २ पुष्टि भएको थियो।
संक्रमण फैलिएका यी देशहरूले नयाँ भेरियन्टहरू बढी संक्रामक भए पनि अत्यधिक जोखिमपूर्ण भने नदेखिएको बताउँदै आएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८