काठमाडौँ। सहकारी पीडित बचतकर्ताले आज (शनिबार) पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
शुक्रबार काठमाडौंको माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका उनीहरुले प्रदर्शन जारी राख्ने भएकाहुन्।
सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा आन्दोलन शुरु भएको हो।
काठमाडौँ सहित चितवन, धरान, पोखरा, रूपन्देही र बारालगायतका स्थानमा पनि आन्दोलनका कार्यक्रम हुने अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८