
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अमरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६६ पैसा र बिक्री दर १३३ रूपैयाँ २६ पैसा रहेको छ। यस्तैगरी, युरोपिएन युरो एकको खरिद दर १४३ रूपैयाँ ७५ पैसा र बिक्री दर १४४ रूपैयाँ ४० पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ६८ पैसा र बिक्री १६९ रूपैयाँ ४५ पैसा रहेको छ।
त्यसैगरी, आज अष्ट्रलियन डलर एकको खरिदर ८७ रूपैयाँ ७४ पैसा र बिक्री दर ८८ रूपैयाँ १४ पैसा रहेको छ। क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ७४ पैसा र बिक्री दर ९७ रूपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८