काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज (जेठ १३ गते) बस्दै छ।
बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिनेछन्। यसका साथै सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
यद्यपि, संसद अवरुद्ध गरिएकाले दैनिक कार्यसूचीहरु प्रभावित हुँदै आएका छन्।
यी हुन् प्रतिनिधि सभाको आजको सम्भावित कार्यसूची (कार्यसूची हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस्)
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८