काठमाडौँ। नेपाल पुनर्बिमा कम्पनीले जेठ १७ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ।
सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट्स बत्तीसपुतली काठमाडौंमा बिहान ९ः३० बजे देखी सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने छ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ। सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा प्रयोजनार्थ कम्पनीले जेठ ६ नै गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८