काठमाडौँ। आइएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ १३ गते आइतबार अन्तिम दिन हो।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १४ गते (भोली) बुक क्लोज गर्दैछ। त्यसैले लाभांश पाउनका लागि आजै सेयरधनी बनिसक्नुपर्नेछ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३१% नगद लाभांश गरी कुल २६.३१% लाभांश वितरण गर्ने भएको छ।
उक्त लाभांश पारित गर्न यस कम्पनीको साधारण सभा आगामी जेठ २८ गते बस्ने भएको छ। सभा, आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौँमा बिहान ११ बजे बाट सुरु हुनेछ। बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ।
यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा समेत छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८