
काठमाडौँ। रसुवागढी हाइड्रोपावरले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभा आगामी असार ११ गते कुण्डलिनी दरबार ब्यांकेट चन्डोल, काठमाडौंमा बिहान ११ बजे बाट सुरु हुनेछ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन।
सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ। सभाले स्वतन्त्र समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जना सञ्चालक नियुक्ति गर्नेछ। साथै, स्वतन्त्र सञ्चालक २ जना निवाचन गर्नेछ।
यता, सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ २३ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ, चैत २२ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरु सभामा भाग लिन सक्नेछन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८