काठमाडौँ। युट्युब च्यानल लगायतका सामाजिक सञ्जालमा लाइभ दोहोरीको नाममा अपाच्य शैली प्रस्तुति भएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यस्ता अराजकता बन्द गर्न चेतावनी दिएको छ।
प्रतिष्ठाले आइतबार विज्ञप्ति जारी गर्दै त्यस्ता अराजक प्रवृत्तिको घोर भर्त्सना गरेको छ। संस्कृतिमाथि हुने यस्ता अतिक्रमण वा अराजकता बन्द गर्न गराउन प्रतिष्ठानले कलाकार, स्टुडियो र युट्युब च्यानललाई सचेत समेत गराएको छ।
आगामी दिनमा यस्ता गतिविधि दोहोर्याएको पाइएमा प्रतिष्ठानको साधारण सदस्यता समेत खारेज गरी सबै सेवा सुविधाबाट बञ्चित समेत गर्ने जनाइएको छ।
पछिल्लो समय युट्युब लगायतका सामाजिक सञ्जालबाट लाइभ दोहोरीको नाममा विभिन्न खालका अपाच्य शैलीमा दोहोरी प्रस्तुतीकरण गरिएको, यसले समाजमा नकारात्मक असर पारेको, नेपालको विशिष्ट पहिचानको रुपमा रहेको लोकसंस्कृति, सदियौंदेखि चल्दै आएको दोहोरीको मूल मर्ममा प्रहार भएको समेत प्रतिष्ठानले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८