काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ६६ पैसा र बिक्री दर १३३ रूपैयाँ २६ पैसा रहेको छ। त्यस्तै युरोपिएन युरो एकको खरिद दर १४३ रूपैयाँ ९० पैसा र बिक्री दर १४४ रूपैयाँ ५५ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रूपैयाँ ०४ पैसा र बिक्री दर १६९ रूपैयाँ ८० पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ९३ पैसा र बिक्री दर ८८ रूपैयाँ ३२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५६ पैसा रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३७ पैसा र बिक्री दर ३५ रूपैयाँ ५३ पैसा रहेको छ। त्यसैगरी, मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ १६ पैसा र बिक्री दर २८ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८