काठमाडौँ। अत्यधिक गर्मी बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ।
अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।
नगर शिक्षाका अनुसार यही जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिएको छ। १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो।
१५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ। चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ।
खोप अभियान स्थगित
अध्याधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आईपीभी खोप अभियानसमेत स्थगित गरेको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको छ।
अभियान २० गतेदेखि पुनः सञ्चालन हुने वाग्लेले जानकारी दिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८