काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्री गर्न लागेको हो।
न्यूनतम मूल्य प्रतिकित्ता ६०० रूपैयाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित आज (जेठ १४ गते) बाट १५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो। तर, तोकिएको समयभित्र संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८