काठमाडौँ। अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो।
वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकहरुबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज (सोमबार) बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८