काठमाडौँ। नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआइभी एड्स संक्रमित रहेको पाइएको छ।
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा १ लाख ९७ हजार १ सय ६७ जनामा गरिएको परीक्षणमा १ हजार ५ सय ३६ जनामा एचआइभी पोजेटिभ देखिएको उल्लेख छ। यो चालु आर्थिक वर्षको फागुनसम्मको आँकडा हो।
सो अवधिमा ३५ हजार ४३ एचआइभी संक्रमितलाई एण्टी रेट्रो भाइरल ट्रिटिमेन्ट (एआरटी) केन्द्रबाट औषधि वितरण गरिएको छ। गत आर्थिक वर्षको फागुनसम्म आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम (पीएमटी सिटी) कार्यक्रमा आवद्ध ६१ गर्भवती महिलासहित २३ हजार ७ सय ६० संक्रमितलाई एआरटी केन्द्रबाट औषधि वितरण भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८