काठमाडौँ। बुद्धभूमि नेपाल हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीले हकप्रद निष्कासन प्रस्ताव पारित गर्न जेठ ३० गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीको विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौँमा बिहान १० बजेदेखी सुरू हुनेछ।
सभा प्रयोजनका लागि जेठ २३ गते बुक क्लोज गर्ने भएकाले जेठ २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भाग लिन पाउनेछन्।
हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रूपैयाँ पुग्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८