काठमाडौँ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ।
आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यतालिका छ। बजेटमा राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमामा दिए पनि उक्त सीमाभन्दा माथिको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय छ।
बजेट यथार्थपरक भन्दा पनि बढी पपुलिस्ट र वितरणमुखी हुने जानकारहरुले बताएका छन्। सत्ताको प्रमुख घटक एमाले र प्रधानमन्त्रीको दबाबमा बजेटको आकार ठूलो हुन लागेको स्रोतको भनाई छ। खर्च गर्न नसके पछि समीक्षामार्फत घटाउने तर अहिलेलाई पपुलर कार्यक्रम राखेर राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा पनि माथि गएर बजेटको आकार घोषणा हुन लागेको बताइएको छ।
जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ। बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउने तयारीमा लागेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८