
काठमाडौँ। पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का अनुसार उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जनाएको छ। अवरुद्ध सडकमा
ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको छ।
यसैबीच, भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार ८ यात्रु सामान्य घाइते भएका छन्।
ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किइ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको प्रहारीले बताएको छ।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८