काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँ विनियोजन गरेको छ। कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रूपैयाँ विनियोजन गरेको छ।
यो कूल बजेटको ६१.३१ प्रतिशत हो। विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ। यो कूल बजेटको १८.९४ प्रतिशत छ।
यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रूपैयाँ अर्थात १९.४७ प्रतिशत विनियोजन गरेको छ। यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो।
कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन रहेको छ।
आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रूपैयाँ व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुनेछ।
सो न्यून पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड, राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।
बजेटको पूर्णपाठ (पूर्णपाठ हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्)
बजेट मस्यौदा २०८१ जेठ १५ गते 11_final
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८