काठमाडौँ। सरकारले विधुतीय सवारीसाधन (ईभी) मा १० प्रतिशतले कर बढाएको छ।
कुनैमा अन्तशुल्क र कुनैमा भन्सार बढाउदै समग्रमा १० प्रतिशत कर बढाएको छ। ५० किलोवाटसम्मको ईभीमा सरकारले भन्सार दर १० प्रतिशतमा ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्याएको छ। अन्तशुल्क छुट थियो। ५ प्रतिशले बढाइएको छ। समग्रमा १० प्रतिशत कर बढाइएको छ।
५१ देखि १०० किलोवाटमा ५/५ प्रतिशत प्रतिशत भन्सार र अन्तशुल्क बढाएको छ। यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो।
१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क पुर्याएको छ। यस अघि भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियो। २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ। १० प्रतिशत अन्त शुल्क घटेको छ।
३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ। १० प्रतिशत अन्त शुल्क घटेको छ। समग्रमा १० प्रतिशत कर बढेको छ।
किलोवाट | पहिले | अहिले | ||
भन्सार | अन्तशुल्क | भन्सार | अन्तशुल्क | |
५० | १० | १५ | ५ | |
५१-१०० | १५ | १० | २० | १५ |
१०१-२०० | २० | २० | ३० | २० |
२०१-३०० | ४० | ४५ | ६० | ३५ |
३०० भन्दा बढी | ६० | ६० | ८० | ५० |
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८