काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले नेपाल सरकारद्वारा आज प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले हरेक क्षेत्रमा निजी क्षेत्रलाई समेटेकोे प्रतिक्रिया दिएको छ।
महासङ्घका अध्यक्ष चन्द्र ढकालले प्रस्तुत बजेटले हरेक क्षेत्रमा निजीलाई समेटिएको बताए।
उनले भने, “नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम समेटिएको देखिन्छ। आर्थिक विधेयक आएपछि संस्थागत रुपमा भन्न सक्छौँ। कृषि, पर्यटन, ऊर्जा, स्टार्टअप, आइटी क्षेत्रलाई प्राथमिकतामा राखेको देखियो। त्यसलाई सकरात्मक रूपमा लिन सकिन्छ।”
त्यसैगरी महासङ्घकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेटमा निजी क्षेत्रलाई समावेश गरिएपनि कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताइन्।
बजेट सरसर्ती हेर्दा नकारात्मक प्रतिक्रिया दिनुपर्ने नभएको व्यापारी दीपक मल्होत्राको धारणा छ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले बजेट सन्तुलित आएको प्रतिक्रिया दिएका छन्। उनले निजी क्षेत्रलाई चाप नपर्ने गरी बजेट आएको बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८