काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ विविध शीर्षकमा करिब रु ७६ अर्ब बराबर विनियोजन गरेको छ।
कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर अबण्डा राखिएको बजेट रकम रू ७५ अर्ब ९५ करोड तीन लाख बराबर छ।
सरकारले आगामी आ.व.का लागि रू १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याउँदा कूल विनियोजनको चार दशमलव आठ प्रतिशत अर्थ विविध शीर्षकमा राखेको हो।
अर्थ विविध शीर्षकको रकम धेरै देखिनुलाई आर्थिक अनुशासनका हिसाबले राम्रो मानिँदैन ।
अबण्डामा बजेट राखेर खर्च गर्दा वित्तीय अनुशासन नहुने बताइन्छ। अबण्डामा राखेको बजेट दुरुपयोग हुने सम्भावना समेत बढी हुन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८