काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट ल्याएको छ। बजेटमध्ये सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयलाई राखिएको छ।
जसअनुसार अर्थ मन्त्रालयका लागि २ खर्ब २२ अर्ब ८६ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थ मन्त्रालयमा गत आर्थिक वर्षमा ४७ अर्ब २७ करोड रूपैयाँ मात्रै बजेट राखेको थियो। यस वर्ष धेरै बजेट राख्ने दोस्रो मन्त्रालयमा शिक्षा मन्त्रालय छ। शिक्षा मन्त्रालयमा २ खर्ब ३ अर्ब रूपैयाँ बजेट राखिएको छ।
गृह मन्त्रालयको लागि सरकारले १ खर्ब ९१ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ। त्यसपछिको धेरै बजेट भौतिक मन्त्रालयमा रहेको छ। भौतिक मन्त्रालयको बजेट १ खर्ब ५० अर्ब रूपैयाँ रहेको छ। उल्लिखित बजेट मन्त्रालयगत कुल विनियोजित बजेटमा संघ र प्रदेशलाई हस्तान्तरण गर्ने सहितको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८