काठमाडौँ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहने भएको छ।
शुक्रबारसम्म उच्च तापक्रमसहित तातो हावा चल्ने हुँदा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ। तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने र बान्ता आउने आदि हुनसक्ने भन्दै बच्न महाशाखाले सुझाव दिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति पनि यी स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज साँझ काठमाडौँका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज काठमाडौँमा ३१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नसक्ने अनुमान गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८