काठमाडौँ। इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ। उपमहानगरपालिकाका अनुसार जेठ १७ र १८ मा विद्यालय बन्द हुनेछ।
केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ। वर्षा नभएका कारण केही दिनयता मधेश र तराई क्षेत्रमा गर्मी बढेको छ।
यस्तै अत्यधिक गर्मी बढेपछि सुनसरीको धरान उपमहानगरपालिकाले पनि दुई दिन विद्यालय बिदा दिएको छ। पालिकाले सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिइएको जनाएको छ।
पालिकाले सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै जाडो बिदा कटौती हुने गरी बिदा दिइएको उल्लेख गरेका छन्।
धरान नगरका शिक्षा अधिकारी गणेशप्रसाद खतिवडाले भने, ‘आज हामीले २ दिन बिदा दिएका छौं शनिबार पनि यस्तै भए बिदा थपिन सक्छ। अथवा मौसम अनुकुल भए विद्यालय सञ्चालन हुन्छ।’
केही दिन यता तापक्रम अत्यधिक बढ्न थालेपछि तराईतिरका पालिकाहरुले विद्यालय बिदा दिने क्रम बढिरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८