काठमाडौँ। गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।
गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उपाध्यक्ष नियुक्त गरेका हुन्। यसअघि पनि उनी आयोगको उपाध्यक्ष भएका थिए।
दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ जीआईईएसमा समेत आबद्ध छन्। उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८