काठमाडौँ। चिकित्सा शिक्षाको एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षा अब कक्षा १२ को नतिजा पर्खनु नपर्ने भएको छ।
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको प्रमाणपत्र तहदेखि स्नातकोत्तर (डीएमरएमसीएच) सम्मको प्रवेश परीक्षाका लागि जारी गरेको शैक्षिक क्यालेन्डर अनुसार अबदेखि कक्षा १२ को नतिजा कुरिरहेका विद्यार्थीले समेत यो प्रवेश परीक्षाका लागि आवेदन दिन जनाएको छ।
एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षाका लागि यस वर्षदेखि असार तेस्रो साता नै आवेदन लिने तालिका तय गरिएको छ।
प्रवेश परीक्षा भदौमा हुनेछ भने पढाई मंसिरदेखि सञ्चालन गरिनेछ। यसपालीबाट कक्षा १२ को प्रवेशपत्रका देखाएर विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन्।
चिकित्सा शिक्षाको स्नातक तहमा गतवर्ष १३ वटा विषयमा ४० हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए। तर परीक्षा तालिकामा भएको ढिलाइले धेरै विद्यार्थी भर्ना हुन आएनन् र सिट खाली भयो।
चिकित्सा शिक्षा आयोगले पहिलो पटक प्रमाणपत्र तहको नर्सिङ कार्यक्रमलाई पनि शैक्षिक क्यालेन्डरमा समेटेको छ। आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) लाई प्रमाणपत्र तहको प्रवेश परीक्षा असारमा गरेर असोजदेखि विद्यार्थी भर्ना गर्न भनेको छ।
गतवर्ष २ हजार ८० सिटका लागि ५२ शिक्षण संस्थाका १२ हजार विद्यार्थी नर्सिङ प्रवेश परीक्षामा सहभागी भएका थिए।
हेर्नुहोस क्यालेन्डर
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८