काठमाडौँ। काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ।
एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस विमान जहाज धावनमार्गबाट पुनः पार्किङमै फर्काइएको हो। जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको श्री एअरलाइन्सले जनाएको छ।
काठमाडौँ बाट बिहान ८ः२५ मा उडिसक्नु पर्ने जहाजका यात्रुहरु भने अलपत्र परेका छन्। उनीहरुलाई अर्को जहाजमार्फत गन्तब्यमा पुर्याउन पहल गरिरहेको एअरलाइन्सले बताएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८