काठमाडौँ। सुनसरीबाट प्रहरीले स्रोत नखुलेको एक करोड एक लाख रूपैयाँ बरामद गरेको छ।
शनिबार साँझ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगर तर्फजाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारमा उक्त रकम फेला पारेका हो।
साथै प्रहरीले कार चालक सुनसरीको हरिनगर गाउँपालिका ५ का ३७ वर्षिय ईसा अन्सारीलाई पक्राउ गरेको छ। उनलाई राजस्व अनुसन्धानको कार्यालय इटहरीमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ।
प्रारम्भीक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन नसकेको र सो रकम हुण्डीको हुनसक्ने प्रहरीले जनाएको छ।
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८