काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले सबैको बयान लिने बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा महामन्त्री गगन थापाले गोर्खा मिडिया सञ्चालन गर्ने त्यसका मालिक जीबी होस् कि, छवि होस् कि, रवि होस् कि कवि होस् सबैलाई बोलाएर छानबिन गरी कानूनी कारबाहीको लागि सिफारिस गर्ने विश्वास व्यक्त गरे।
‘सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १ रूपैयाँ गएको भएपनि गैह्र कानूनी हो’ उनले भने ‘यो समितिले सहकारीको खाता पनि पल्टाउँछ, गोर्खा मिडियाको खाता पनि पल्टाउँछ। यस्तै, महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८