
काठमाडौँ। लक्ष्मी सनराइज बैङ्कले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ।
नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्यूरोडमा स्थानान्तरण गरिएको हो।
स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिनेछ। स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास लिएको छ।
स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ्ग सेवाहरू प्रदान गर्नेछ।
साथै, बैङ्कले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाको वडा नं. ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा नं. ७, नारायणस्थान (साविक सनराइज बैङ्कको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ।
हाल लक्ष्मी सनराइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१८ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैङ्किङ्ग सेवा रहेका छन्।

नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८