काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रूपैयाँ पठाउँदैछ।
जसमध्ये महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रूपैयाँ विनियोजन भएको छ। गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रूपैयाँ जाने छ।
स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल ८८ अर्ब रूपैयाँ रहेको छ। सशर्त अनुदान २ खर्ब ८ अर्ब रूपैयाँ रहेको छ। विशेष अनुदान ८ खर्ब ४० अर्ब र समपुरक अनुदान ७ अर्ब रूपैयाँ जाने अर्थ मन्त्रालयले जनाएको छ।
समानीकरण अनुदानतर्फ महानगरपालिकामा २ अर्ब ५५ करोड, उपमहानगरपालिकामा ३ अर्ब १४ करोड, नगरपालिकामा ३८ अर्ब ४२ करोड र गाउँपालिकाहरुमा ४३ अर्ब ८८ करोड रूपैयाँ जाने छ।
हेर्नुहोस् सूची : अन्तर सरकारी वित्तीय हस्तान्तरण २०८१-८२
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८