काठमाडौँ। सुपर कृषक एपले पाँच रनबराबर सीमान्तकृत किसानहरूलाई एक कफीको बिरुवा बाँड्ने भएको छ।
अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप क्रिकेटमा नेपालले हानेको प्रत्येक पाँच रन बराबर सीमान्तकृत किसानलाई एक कफीको बिरुवा अभियान ल्याएको हो। नेपाल पनि पुनः १० वर्षपछि वर्ल्डकपमा सहभागी भएको हो।
नेपाली कृषकलाई विभिन्न डिजिटल सेवामार्फत उनीहरूको जीवनशैली सहज बनाउँदै आएको सुपर कृषक एपले नेपाली क्रिकेट टिमको मनोबल बढाउन तथा नेपाली कृषिलाई पनि क्रिकेटसँग जोड्न यो अभियान ल्याएको जनाएको छ।
यो अभियानअन्तर्गत नेपाली खेलाडीले हानेको प्रत्येक रनबराबर सुपर कृषकले सम्भावना बोकेका सीमान्तकृत किसानलाई कफीको बिरुवा बाँड्ने तथा यसको रेखदेखका लागि आवश्यक तालिम तथा प्रविधि प्रदान गर्नेछ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८