काठमाडौँ। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले महत्वकांक्षी बजेट आएको बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले आफूले बजेटबारे महत्वकांक्षी रहेको टिप्पणी आफूले सुनेको र आफूलाई पनि लगभग महत्वकांक्षी नै रहेको लागेको बताए।
पुँजीगत खर्च कसरी बढाउने भन्ने स्पष्ट दृष्टिकोण आउन नसकेको उनले बताए। सार्वजनिक खर्च कटौतीको प्रयास हुन नसकेको बताए।
९० प्रतिशत बामपन्थी सांसदहरुको समर्थनमा बनेको सरकारले किसानका लागि अपेक्षित रुपपमा सम्बोधन गर्न नसकेको बताए।
बजेटका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै टिप्पणी गरेको एकीकृत साजवादीका उपाध्यक्ष पाण्डेले स्मरण गरे। ओलीले सरकारमा सहभागी दलसँग प्रयाप्त छलफल नगरी बजेट आएको टिप्पणी गरेका थिए।
केही सकारात्मक कार्यक्रम समेत आएको स्मरण गर्दै उनले थपे, ‘तर, जमिनलाई उपयोग गर्ने कार्यक्रम आएन।’
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८