काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३६ पैसा र बिक्री दर १३३ रूपैयाँ ९६ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९४ पैसा र बिक्री दर १४५ रूपैयाँ ५९ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ११ पैसा र बिक्री दर १७० रूपैयाँ ८८ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ५५ पैसा र बिक्री दर ८८ रूपैयाँ ९५ पैसा रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ५६ पैसा र बिक्री दर ३५ रूपैयाँ ७२ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ ३६ पैसा र बिक्री दर २८ रूपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८