काठमाडौँ। नेपाली सेनाको अगुवाइमा गत चैत्र २९ गतेबाट सुरु भएको सफा हिमाल अभियान, २०२४ आज मिति सम्पन्न भएको छ।
यस वर्ष सगरमाथा, ल्होत्से र नुप्त्से हिमालहरूबाट १० हजार केजी फोहोर तथा ५ वटा मानव शव सङ्कलन गर्ने लक्ष्य थियो।
आज काठमाडौँमा आयोजित सफा हिमाल अभियान २०२४ को समापन समारोहमा सफा हिमाल अभियान, २०२४ का अभियान निर्देशक सहायक रथी सञ्जय देउजाले ५० दिनको अवधिमा ११ टन फोहर संकलन गरिएको जानकारी दिए।
त्यस्तै ४ वटा शव र एक अस्थिपञ्जर संकलन गरिएको र आवश्यक कानूनी प्रक्रिया प्रश्चात शिक्षण अस्पतालमा पठाइएको उनले बताए।
अभियान अन्तर्गत सेनाका १० जना, शेर्पाका १८ जना लगाएका टोली खटिएको पनि देउजाले बताए। फोहोरका अलावा हिमालमा लामो समयदेखि रहेका मानव शव संकलन निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियानले हिमाली क्षेत्रलाई फोहोरमुक्त बनाउन चेतना दिने विश्वास व्यक्त गरे।
उनले आवश्यक परेको खण्डमा उच्च हिमाली क्षेत्रमा हुनसक्ने संकट तथा अन्य अवस्थामा परिचालन हुनुपरे सेनालाई आवश्यकता अनुसार तालिम पनि दिइएको बताए।
सफाइ अभियान सञ्चालन गर्नु जटिलका साथै साहसिक काम भएको र सेनाले सफलता पूर्वक सम्पन्न गर्न सफल भएको उनले बताए।
जलवायु परिवर्तनको असर हिमालमा देखिएको र वातावरणलाई असर पुराइरहेको पनि उनले धारणा राखे।
सो कार्यक्रममा सफा हिमाल अभियानलाई सफल पार्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८