काठमाडौँ। काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं.-८ मा दुईजनाको शव फेला परेको छ।
दक्षिणकालीस्थित केराबारीमा एक महिला र एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय फर्पिङकी हवल्दार श्रीमाया तामाङले जानकारी दिइन्।
उनीहरू धादिङ सिद्धलेक गाउँपालिका-५ भई भक्तपुर बस्ने रामचन्द्र खनाल र भक्तपुर बस्ने ३२ वर्षीया सविना राई भएको उनले जानकारी दिइन्।
घटनास्थल वरिपरि मोटरसाइकलका टुक्रा फेला परेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ।
शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सो लगत्तै विपद् व्यवस्थापन कार्यालय सामाखुशीको टोली पुगेर शव निकालेको हो। शव खोँचमा रहेकाले निकाल्न कठिनाइ भएको थियो।
अहिले शव पोष्टमार्टमका लागि लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८