काठमाडौँ। मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ।
प्रदेश सभामा विश्वासको मत नपाई मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेपछि प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। सरकार गठनका लागि बिहान १० बजेसम्मको समय दिइएको हो।
यसैबीच ६ दलीय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गर्ने तयारी गरेका छन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका हुन्।
६ दलीय गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिन सहमति गरिसकेको छ। जनमतले सांसद सतीशकुमार सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।
६ वटै दलको बैठकले बिहान ७ बजे सरकारको दाबी पेश गर्ने तयारी गरिएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८