काठमाडौँ। कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीचमै अड्किएका ११ वटा खच्चडको जीवितै उद्धार गरिएको छ। २ खच्चड भने मरेका छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ वटा खच्चड पुलको बीचमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।
‘पुलको जाली काटेर उद्धार गर्ने क्रममा २ वटा खच्चड मरेका हुन्,’ उनले भने, ‘बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ।’
पुलको दाहिनेतर्फको जाली लत्रिएको थियो। खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए। पुलको दाहिनेतर्फको भाग पूरै बाङ्गो भएको छ। उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८