काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरणमन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीयमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि विना विभागीय राज्यमन्त्री रहेकी रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मन्त्री साह सिरहाको क्षेत्र ४ (क) बाट निर्वाचित भएका हुन्। उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।
यो सँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ। यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८