काठमाडौँ। आगामी श्रावण १ गतेदेखि श्रावण ३२ गतेसम्म श्री पशुपतिक्षेत्र परिसरमा कोटिहोम महायज्ञ सञ्चालन हुने भएको छ।
नेपालको इतिहासमा सम्पन्न भएका यस्ता महायज्ञहरुमध्येकै ठूलो मानिएको यस कोटिहोम महायज्ञलाई सफल बनाउन अहिले विभिन्न क्षेत्रबाट काम भइरहेको छ। यसै अन्तर्गत आयोजक समितिले उपत्यका भित्र १३ सय भन्दा बढी कोटीहोम महायज्ञ उपसमितिहरु बनाई सकिएको जनाएको छ।
पशुपतिक्षेत्रमा आयोजना हुन लागेको नेपालकै हालसम्मको ठूलो पशुपति कोटीहोम एंव १०८ श्रीमद्भागवतको अहिले देश-विदेशमा समेत चर्चा भैरहेको छ। कोटीहोम सफल बनाउन आयोजक समिति तीब्र रूपमा लागि परेको छ।
महायज्ञ सञ्चालन र सफल बनाउनका लागि आयोजक समितिले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा मात्र हालसम्म एक हजार ३३० ओटा उपसमिति बनाएको आयोजक संस्था मानव सेवा फाउण्डेसनले जनाएको छ।
अहिले उपसमितिले मनोनयनका साथै विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई निमन्त्रणा दिने कार्य भइरहेको छ। काठमाडौँ उपत्यकाका स्थानीय तह, धार्मिक मठमन्दिर, टोल सुधार समितिमा आबद्ध भएका धार्मिक मनहरुलाई समेटेर उपसमिति निर्माण गरेका छन्।
मानव सेवा फाउण्डेसन अन्तर्गत सञ्चालमा रहेका मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण एवं दुखी बेसहारा, पीडित, दुःखी, गरिब, र आधारभूत आवश्यकताबाट बञ्चित ज्येष्ठ नागरिकहरुलाई निशुल्क गाँस, बास, कपासका लागि सहयोगार्थ उक्त कोटीहोम महायज्ञ सञ्चालन गर्न लागेको हो।
ऐतिहासिक महायज्ञका कार्यक्रमहरूः
असार २२ गते शनिबार बिहान ११ बजेबाट बृहत मोटरसाइकल र्याली गरी काठमाडौँ चक्रपथ परिक्रमा गरिने, असार ३१ गते सोमबार बिहान ७ बजे कार्यक्रम स्थलदेखी हजारौँ मातृशक्ति, बाजागाजाको साथमा साँस्कृतिक झाँकीहरू सहित भब्य विशाल कलश यात्रा गरी नगर परिक्रमा गरिने, श्रावण १ गते मंगलबार दिउँसो ११ बजे ऐतिहासिक श्री पशुपति कोटिहोम एवं विराट महायज्ञको समुद्घाटन गरि जगद् गुरू साधु, सन्त, महन्त प्रसिद्ध कथा वाचक, वाचिकाआदिबाट विशेषअलौकिक दिब्य प्रवचन नियमित रूपमा हुने छ।
यसका साथै श्रावण महिनाभरि सयौँ गुरूद्बारा नियमित हवन तथा अनेकौँ कर्म गरिने छ भने देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियान्ता तथा राजनेताहरुको आगमन हुने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुबाट विभिन्न गीत, संगीत, भजन, झाँक्री, देवलीला र नृत्यआदि प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ।
कथाप्रवचनका लागि वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल, सु–प्रसिद्ध कथा वाचिका राधिका दासी माता, देवी प्रतिभा, राम कथावाचिका चन्द्रकला सखी र श्रीमद देवी भागवत वाचिका विदुषी डा. कान्ता भट्टराइको पनि सहभागिता रहने समितले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८